प्रविधि

फेसबुक मेसेन्जरमा 'डार्क मोड'  फिचर

सोसल नेटवर्किङ्ग प्लेटफर्म फेसबुकले आफ्नो मेसेन्जर एप प्रयोगकर्ताका लागि नयाँ फिचर सुरु गरेको छ । उक्त नयाँ फिचरको नाम डार्क मोड फिचर हो ।

फेसबुकले एन्ड्रोइड र आएओएस दुवै प्लेटफर्ममा प्रयोगकर्ताका लागि यो नयाँ फिचर ल्याएको हो ।

गत वर्ष अक्टोबरमा भएको F8 सम्मेलनका क्रममा फेसबुकले मेसेन्जरमा डार्क मोड फिचर ल्याउने घोषणा गरेको थियो । मेसेन्जरको डार्क मोड फिचरले प्रयोगकर्तालाई छुट्टै अनुभुति दिलाउनेछ ।

मेसेन्जरमा यसरी एक्टिभेट गर्नुस् डार्क मोड फिचर

फेसबुक मेसेन्जरमा डार्क मोड फिचर एक्टिभेट गर्नका लागि सबैभन्दा पहिले तपाइँले च्याटमा कुनैपनि मित्रलाई अध्रचन्द्र आकारको इमोजी अर्थात् crescent moon पठाउनु पर्नेछ ।

उक्त इमोजी पठाएसँगै तपाइँको मेसेन्जरमा डार्क मोड फिचर उपलब्ध रहेको सन्देश प्राप्त हुनेछ । त्यसपछि तपाइँले मेसेन्जरको settings  मा गएर Dark Mode लाई  On गर्नुपर्नेछ ।

डार्क मोड फिचर अन गरेसँगै मेसेन्जरको ब्याकग्राउण्ड अँध्यारो हुनेछ । तपाइँ मेसेन्जरको सेटिंग्समा गएर डार्क मोड अफ पनि गर्न सक्नुहुन्छ ।

फेसबुकले पछिल्लो समयमा आफ्ना मेसेन्जर प्रयोगकर्ताका लागि धेरै फिचरहरु थप गर्दै आएको छ । मेसेन्जरको इन्टरफेसलाई अपडेट तथा रिडिजाइन समेत गरिएको छ । यसका अलावा अनसेन्ड मेसेजको फिचर पनि थप गरिएको छ ।

साथै सोसल नेटवर्किङ्ग प्लेटफर्म ह्वाट्सएप, मेसेन्जर तथा इन्स्टाग्रामलाई एकिकरण गर्नका लागि समेत फेसबुकले काम गरिरहेको समाचार केही समयअघि सार्वजनिक भएको थियो । सन् २०११ मा सुरु भएको फेसबुक मेसेन्जरका प्रयोगकर्ताको संख्या झण्डै डेढ अर्ब रहेको छ ।

#स्रोत अनलाइन खबर


आउँदैछ १४८ मेगापिक्सेल क्यामरा भएको स्मार्टफोन 

छिल्ला दिनहरुमा स्मार्टफोन कम्पनीहरुले बढीभन्दा बढी क्षमतायुक्त क्यामरा भएका स्मार्टफोन ल्याउने प्रतिस्पर्धा गरिरहेका छन् ।

शाओमीको रेडमी नोट सेभेन प्रोको ४८ मेगापिक्सेल क्यामरा होस् वा नोकिया नाइन प्योरभ्यूको पाँचवटा क्यामरा सेटअप होस्, स्मार्टफोन फोटोग्राफीमा नयाँ आयाम थपिएको छ ।

स्मार्टफोन क्यामराको यो प्रगति रोकिनेवाला छैन । अब स्मार्टफोनमा छिटै नै १ सय ९२ मेगापिक्सेलको क्यामराबाट फोटो खिच्न पाइनेछ ।

XDDevelopers को रिपोर्ट अनुसार क्वालकोम कम्पनीले आफ्नो पछिल्लो संस्करणको स्नापड्रागन मोबाइल चिपसेटको क्यामरा स्पेसिफिकेसन विवरण अपडेट गरेको छ । जस अनुसार कम्पनीका धेरैजसो चिपसेटले अब १ सय ९२ मेगापिक्सेल रिजोलुसन सेन्सर सपोर्ट गर्नेछन् ।

१ सय ९२ मेगापिक्सेल सेन्सर सपोर्ट गर्ने चिपसेटको लिस्टमा क्वालकोम स्नापड्रागन ६७०, क्वालकोम स्नापड्रागन ६७५, क्वालकोम स्नापड्रागन ७१०, क्वालकोम स्नापड्रागन ८४५ तथा क्वालकोम स्नापड्रागन ८५५ को नाम सामेल छ । त्यसबाट पनि के प्रष्ट हुन्छ भने यी चिपसेटबाट चल्ने स्मार्टफोनहरुको क्यामरा छिटै नै १ सय ९२ मेगापिक्सेल क्षमताको हुनेछ ।

स्मरण रहोस् तत्काल क्वालकोम चिपसेटले १ सय ९२ मेगापिक्सेल क्यामरा सेन्सर सपोर्ट गरेता पनि तत्काल बजारमा कुनै पनि १ सय ९२ मेगापिक्सेल क्यामरा सेन्सर उपलब्ध छैन । तर भविष्यमा कम्पनीहरुबीचमा यो क्षमताको क्यामरायुक्त स्मार्टफोन ल्याउन प्रतिस्पर्धा हुने पक्का छ र यसका लागि धेरै कुर्नु नपर्नसक्छ ।

क्वालकोमले सार्वज्निक गरेको चिपसेटको नयाँ स्पेसिफिकेसन्स विवरणमा सिंगल तथा डुअल क्यामराको क्षमतालाई छुट्टाछुट्टै रुपमा उत्कृष्ट ढंगले पेश गरिएको छ । यसमा स्लो मोसन रेकर्डिङ्ग लिमिट्स तथा हाइब्रिड अटोफोकस जस्ता कैयन् फिचर्स पनि रहेको प्रष्ट हुन्छ । यतिमात्र होइन अपडेटेड स्पेसिफिकेसनको सूचिमा फ्रेमरेट, मेगापिक्सेल, कोडेक सपोर्ट तथा रिजोलुसन लिमिटेन्स जस्ता कैयन् फिचर्सका बारेमा पनि जानकारी दिइएको छ ।

#स्रोत अनलाइन खबर ।

Comments